नियम २१
नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने
विभाग, प्रदेशको सामाजिक सुरक्षा सम्बन्धी विषय हेर्ने निकाय वा स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको उपलब्धता तथा यसको उपयोगको सम्बन्धमा नागरिकलाई जानकारी गराउनको लागि सचेतना कार्यक्रम सञ्चालन गर्न सक्नेछन्‌ ।